
पूर्णपुष्टि, असार २४
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
उच्च ज्वरो आएपछि कोरोना परीक्षण गराएको थियो । हिजो आएको रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको भएपनि डराउनु पर्ने कुनै कारण नरहेको बताउनुभयो । मास्क र भौतिक दूरीको पक्षमा नभएको भन्दै राष्ट्रपति बोलसोनारोको आलोचनासमेत हुने गरेको थियो ।
पटक–पटक भाइरसलाई हल्का रुपमा लिँदै कोरोना भाइरस भनेको केवल साधारण रुघाखोकी भएको र आफूलाई यसले थला पार्न नसक्ने बताउँदै आउनुभएको थियो । अर्थतन्त्र प्रभावित भएको भन्दै क्षेत्रीय गभर्नरहरुलाई लकडाउन हटाउन पनि आब्हान गर्नुभएको थियो ।
ब्राजिल, कोरोना भाइरसको सङ्क्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित देश हो । ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण ६५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
