
पूर्णपुष्टि, फागुन २७
ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक एकैदिन दुई हजारभन्दा बढीको मृत्यु भएको छ । बुधवार ब्राजिलमा कोरोना संक्रमणबाट दुई हजार दुई सय ८६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
अमेरिकापछि ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै छ । कोरोनाबाट ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय ७०जनाको मृत्यु भईसकेको छ ।
विशेषज्ञका अनुसार कोरोना भाइरसको नयाँ प्रकार भित्रिएसँगै सङ्क्रमण दर बढेको हो ।
