
पूर्णपुष्टि, फागुन २५
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोट बेसीको एक घरमा आगलागी भएको छ ।
स्थानीय जेष्ठनागरिक पाडासैनी तामाङको दुई तले ढुंगा माटोले बनेको घरमा मंगलबार आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको सक्रियतामा भक्तपुर, काठमाण्डौ, ललितपुरबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बिहान ८ बजेदेखि लागेको आगो बिहान १०ः४५ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब ८ लाख ५४ हजार मूल्य बराबरको धनमानल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने देखिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
