
कटारी, कात्तिक २७ गते ।
उदयपुरको कटारी नगरपालिका–११ को गोठडाँडामा गएराति एक जनाको गोली लागेर मृत्यु भएको छ । भरुवा बन्दुकको छर्रा लागेर स्थानीय शंकर राउतको मृत्य भएको प्रहरीले जनाएको छ ।
सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली लागेर राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नयव उपरिक्षक (डिएसपी) प्रेमसागर केसीले बताउनुभयो । गोली कस्ले चलायो भन्ने बारेमा थप अनुसन्धान भईरहेको डिएसपी केशीले बताउनुभयो ।
घटनाको वास्तविक विवरण अनुसन्धान पछी मात्रै खुल्ने डिएसपी केसीले बताउनुभयो । शव परिक्षणका लागि शव कटारी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
