Wednesday, May 20News That Matters

भरुवा बन्दूक पड्किँदा १ जनाको मृत्यु

वैशाख ९ 

मोरङमा भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । शिकार खेल्न गएका केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो ।

शिकार खेल्न साथीहरुसँग जंगल गएका राईको आफैंले बोकेको भरुवा बन्दूक पड्किएर छर्राले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गजेन्द्र राई र रुविन लिम्बूसँग उनी बुधबार राति शिकार खेल्न केराबारी–३ कै बाघदले जंगलमा गएको थियो ।  गजेन्द्र र रुविन आफैंले इलाका प्रहरी कार्यालय केराबारीमा आएर घटनाका बारेमा प्रहरीलाई जानकारी दिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिएर घटनाका विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।