
पूर्णपुष्टि, चैत २
स्याङ्जामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । हरिनास गाउँपालिका–४ कुलुङखोला सानिस्वाराबाट स्थानीय ३६ वर्षीय हेमबहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल पक्राउ परेका हन् ।
जङ्गलमा सिकार खेल्न हिँडेका उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
उनीहरुको साथबाट एउटा भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १७ थान छर्रा र ५ ग्राम बारुद बरामद गरेको प्रहरीले जनाएको छ ।
