Friday, May 15News That Matters

भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६१ पुग्यो

माघ २० गते । 

चिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन सय ६१ पुगेको छ । एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

चीन बाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको छ । कोरोना संक्रमित चिनमा मात्रै १७ हजार भन्दा बढी रहेको आयोगले पुष्टी गरेको विभिन्न संचारमाध्यमहरुले जनाएको छ ।

चीन भन्दा बाहिरका २४ देशमा गरी १ सय ५० जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भैसकेको जनाइएको छ ।