
पूर्णपुष्टि, फागुन १८
पर्साको वीरगञ्ज कारागारमा थुनुवा भेट्न आएका एक एक जना लागूऔषधसहित पक्राउ परेको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का २२ वर्षीय मिङमा शेर्पा लागुऔषध चरेसहित पक्राउ परेको हो ।
लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा करिब १० ग्राम चरेससहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा मिङमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनले प्लाष्टिकको झोलाभित्र राखेर भाइको लागि भनेर ल्याएको स्पोर्ट्स जुत्ताको तलुवाभित्र चरेस बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित नियन्त्रणमा लिएका शेर्पालाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
