
पूर्णपुष्टि, असोज २८
भारतको आन्ध्र प्रदेशमा बाढीमा परेर करिब ७ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा ७ जनाको मृत्यु भएको हो ।
आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्यो क्षेत्र डुबानमा परेको छ । साथै अत्यधिक बर्षाका कारण आएको बाढीमा कम्तिमा ७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
तेलंगानाको राजधानी हैदराबादमा गत २० वर्षमा सबैभन्दा ठूलो पानी परेको जनाएको छ । त्यहाँ हिजो दिउँसोदेखि ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ ।

