Tuesday, June 2News That Matters

भारतबाट नेपाल फर्किएका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि

वैशाख ४ 

बाँकेको जमुनाह नाका हुदै भारतबाट नेपाल प्रवेश गरेका १५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन् । उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेको जनाईएको छ ।

बाँकेमा शुक्रबारमात्रै १ सय ९९ मा कोरोना पुष्टि भएको जनाएको छ । नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १ सय २७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।