Wednesday, July 1News That Matters

भारतमा एकैदिन ६२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, चैत १५

भारतमा एकैदिन ६२ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा धेरैलाई सङ्क्रमण  भएको छ भने ३ सय १२ जनाको मृत्यु भएको छ ।

सङ्क्रमण तिब्र गतीले बढ्दै गएपछि महाराष्ट्र र दिल्लीमा थप कडाइ गरिएको छ । फागु पर्वमा सङ्क्रमण फैलिन सक्ने भन्दै कडाइ गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महाराष्ट्रमा अहिले रात्रिकालीन कर्फ्यू छ भने दिल्लीमा मिनी लकडाउन छ । भारतमा अहिले ४ लाख ८६ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । ६ करोड दुई लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

भारतमा अहिलेसम्म एक करोड १९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने एक लाख ६१ हजारभन्दा धेरैको मृत्यु भईसकेको छ ।