Sunday, June 28News That Matters

भारतमा कोरोना भाइरसबाट ११ हजारभन्दा बढी सङ्क्रमित

पूर्णपुष्टि, बैशाख ३ गते । 

भारतमा कोरोना भाइरस (कोभिड १९) बाट ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । ११ हजार चार सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म तीन सय ७७ जनाको मृत्यु भईसकेको छ । महाराष्ट्र राज्यमा मात्रै दुई हजार ६ सय ८७ जनामा कोरोना पुष्टि भएको मध्ये एक सय ७८ जनाको मृत्यु भईरसकेको छ । त्यस्तै दिल्लीमा एक हजार पाँच सय ६१ जनामा कोरोना पुष्टि भएकोमा ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै मङ्गलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो मे ३ तारिखसम्म लकडाउनको अवधि बढाउने घोषणा गरेका छन् ।