भारतमा कोरोना संक्रमणबाट एकै दिन २ हजार ७ सयभन्दा धेरैको ज्यान गयो

बैशाख १२ 

भारतमा एकैदिन कोरोना सङ्क्रमणबाट दुई हजार सात सय ६७ जनाको ज्यान गएको छ ।

भारतमा कोरोनाको दोस्रो लहर फैलिएपछि सघन उपचार कक्ष, औषधि र अक्सिजनको अभावले ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म एक लाख ९२ हजार तीन सयभन्दा धेरै जनाको ज्यान गइसकेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै तीन लाख ४९ हजार ६ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो दुई हप्तामा मात्रै ३० लाख सङ्क्रमित थपिएको जनाईएको छ ।

भारतमा अहिले अन्तिम संस्कारका लागि शवदाह गर्ने ठाउँमा घण्टौँ पर्खनुपर्ने बाध्यता आएको छ । शवदाह स्थलमा बसेर केही दिन शव गनिरहेका पत्रकारहरूले सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा दशौँ गुणा धेरैको ज्यान गइरहेको बताएका अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।

अहिले भारतका अस्पतालमा बेड अभाव छ भने अक्सिजन नपाएर दैनिक कैयौँले ज्यान गुमाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0