Thursday, May 21News That Matters

भारतमा कोरोना संक्रमित साढे १८ हजार भन्दा बढी

पूर्णपुष्टि, बैशाख ९ गते । 

भारतमा साढे १८ हजार भन्दा बढी कोरोना संक्रमितको संख्या पुगेको छ । अहिलेसम्म १८ हजार छ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा सवै भन्दा बढी कोरोना संक्रमित भएको राज्य महाराष्ट्रमा अहिलेसम्म चार हजार छ सय ६६ जना संक्रमण पुष्टि भईसकेको छ भने दुई सय ३२ जनाको मृत्यु भईसकेको जनाइएको छ । त्यस्तै सवै भन्दा कम संक्रमण पुष्टि भएको राज्य मिजोरम र अरुणाचल प्रदेशमा संक्रमित एक/एक जना रहेको जनाईएको छ ।

भाईरस संक्रमित मध्ये तीन हजार दुई सय ५१ जना उपचारपछि निको भएका छन् भने पाँच सय ९० जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।