
पूर्णपुष्टि, जेठ ६ गते ।
भारतमा कोरोेना भाईरस (कोभिड–१९)को संक्रमित एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएसँगै १ लाख ३ सय २८ जना पुगेको हो ।
उक्त संत्रमितमध्ये पछिल्लो २४ घण्टामा १ सय ३१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।
तर अहिलेसम्म ९६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको र ३ हजार २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको भारत सरकारले पुष्टि गरेको छ ।
विश्वमा अहिलेसम्म ४८ लाख ९१ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएकोमा १९ लाख ७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । उक्त संक्रमितमध्ये ३ लाख २० हजार जनाको मृत्यु भएको जनाईएको छ ।
