
पूर्णपुष्टि,वैशाख २५ । छिमेकी मुलुक भारतको केरलालमा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । गएराति समुद्री तट नजिक मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरमा डुंगाा दुर्घटना हुँदा २१ जनाका मृत्यु भएको हो ।
डुंगा दुर्घट्नामा मृत्यु हुने धेरेजसो बालबालिकाहरु छन् । विद्यालय छुट्टीमा ४० जनाको समुह घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् । दुर्घटना स्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
