Thursday, May 21News That Matters

भारतमा ३३ हजार भन्दा बढी कोराना संक्रमित

पूर्णपुष्टि, बैशाख १८ गते । 

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित ३३ हजार नाघेको छ । अहिलेसम्म भारतमा ३३ हजार ५० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उक्त संक्रमित मध्ये अहिलेसम्म आठ हजार तीन सय २५ जना संक्रमित निको भएर घर फर्किएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ६७ जनाको संक्रमणका कारण मृत्यु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या एक जार सात सय ७४ पुगेको जनाएको छ ।

भारतको सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा अहिलेसम्म करिब १० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने चार ३२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गुजरातमा चार हजार ८२ जना मानिसमा यो भाइरसको संक्रमण पुष्टि भएको छ भने एक सय ९७ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा दुई हजार पाँच सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने एक सय २९ जनाको मृत्यु भइसकेको जनाएको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार एक सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने ३९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा सात सय ५८ जनामा संक्रमण पुष्टि हुदा २२ जनाको मृत्यु भएको छ । त्यस्तै बिहारमा तीन सय ९२ जनामा भाइरसको संक्रमण पुष्टि हुदा दुई जनाको मृत्यु भएको छ ।