Tuesday, June 9News That Matters

भारतले कोरोना खोप निर्यातमा रोक लगायो

पूर्णपुष्टि,चैत १२

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा भारतले अनिश्चितकालीन समय सम्म रोक लगाएको छ ।

पछिल्लो समय फेरी भारतमा कोरोना बढ्न थालेपछि खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।

अक्सफोर्ड–एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ ।

भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान छ । यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुने सम्भावना छ ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड–एस्ट्राजेनेकाकै खोप रहेको छ ।