
वैशाख ७
भारत सरकारले १८ वर्षभन्दा कम उमेरका सवैलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेको छ ।
यो निर्णय मे महिनाको १ तारिखदेखि लागु हुने छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार १ मे देखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने जनाईएको छ ।
यसअघि ४५ वर्षभन्दा बढी उमेरकालाई मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो ।
१ मेदेखि भारतमा कोरोनाविरुद्धको खोप अभियानको तेस्रो चरण सुरु हुने छ । यो चरणमा खोप लगाउने कार्यलाई तीव्रता दिने र त्यसको दायरा पनि बढाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरण १६ जनवरीदेखि सुरु भएको थियो । सुरुमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएकाहरुलाई दिइएको थियो । खोपको दोस्रो चरण १ मार्चदेखि सुरु भएको थियो । दोस्रो चरणमा ४५ वर्षभन्दा माथिका लागि मात्रै खोप दिइएको थियो ।
सुरुमा भारत बायोटेक र सिरम इन्सटिच्युटको खोपलाई भारतले अनुमति दिएको थियो । पछिल्लो पटक विदेशमा बनेको स्पुततिक भ्याक्सिनलाई पनि आपतकालीन प्रयोगको अनुमति भारतले दिएको छ ।
