Sunday, May 17News That Matters

भारतीयको कुटपिटबाट सप्तरीमा एक नेपालीको मृत्यु

पूर्णपुष्टि, भदौ २२

सप्तरीको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकको कुटपिटबाट एक जना नेपालीको मृत्यु भएको छ ।
दशगजा क्षेत्रमा भारतीयले कुटपिट गर्दा डाक्नेश्वरी नगरपालिका–६ कटैयाका ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका यादवको उपचारको क्रममा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दशगजा क्षेत्रमा नेपालीले लगाएको धानबालीमा भारतीयले भैँसी चराएको विषयमा विवाद हुँदा कुटपिट र हत्या भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा नेपाल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।