
पूणर्पुष्टि, जेष्ठ, १६
सरकारले भारतमा रहेका नेपालीहरुलाई नेपाल आउने २० नाका तोकेको छ । काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका नेपालीका लागि देश प्रवेश गर्ने नाकाका रुपमा तोकिएका छन् ।
कोडिभ-१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताउनुभयो । भारतबाट झन्डै तिल लाखको हाराहारीमा नेपाल भित्रने नेपालीहरुको तयारी रहेको बिडारीले बताउनुभयो ।
