
पूर्णपुष्टि, साउन ७
भालुको आक्रमणबाट एक ४६ वर्षीय युवाको ज्यान गएको छ । चितवनको माडी नगरपालिका–१ पाण्डवनगर निवासी राजकुमार बोटको जंगली भालुको आक्रमणबाट ज्यान गएको हो ।
बुधबार विहान तामाको मुना खोज्न गएका बोट घर नफर्किएपछि खोजी गर्ने क्रममा विहीबार बिहान माडीको देउता खोलाको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतकको बायाँ आँखामाथि ठूलो चोट लागेको र शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक पौडेलले जानकारी दिनुभयो ।
