Sunday, May 10News That Matters

भिसा सकिएकाहरुलाई यूएईले जरिवाना माफ दिने

पूर्णपुष्टि, जेठ १ गते । 

यूएई सरकाले भिसाको म्याद सकिएकाहरुलाई जरिवाना माफि दिने भएको छ । भिसा म्याद सकिएको र भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई जरिवाना माफ गरिदिने भएको हो ।

यसअघि मार्च १ पछि भिसाको अवधि सकिएकालाई लाग्ने जरिवाना माफी गर्ने भनिएकोमा बुधबार अर्को निर्णय गर्दै यूएईले मार्च १ अघि नै भिसा सकिएकालाई लाग्ने जरिवाना माफ गर्ने जनाएको छ । तर स्वदेश फर्कन चाहनेहरुले मे १८ देखि तीन महिनाभित्र यूएई छाडिसक्नु पर्ने छ ।

यूएईको आईडीको म्याद सकिएको र श्रम अनुमति (वर्क परमिट)मा सकिएकाको जरिवाना माफ हुने छ । यस अवसरमा स्वदेश फर्केकाहरु पछि पनि युएई जान पाउने छ ।