Tuesday, August 11News That Matters

भीरबाट लडेर एक बालिकाको ज्यान गयो

पूर्णपुष्टि, चैत १०

अछाममा भीरबाट लडेर एक बालिकाको ज्यान गएको छ । बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भीरबाट लडेर बालिका गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी बालिकालाई प्रहरीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै ज्यान  भएको हो । बालिका भीरबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।