
ताप्लेजुङ,मंसिर १३ गते ।
ताप्लेजुङ सिदिङवामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिदिङवा गाउँपालिका–५ लिम्बुदिन निबासी ५५ बर्षीय जयबहादुर इदिङगोलिम्बुको मृत्यु भएको हो ।
आङखोपबाट घर फर्कने क्रममा गतसाँझ साढे ७ बजे नाकेडाँडा भिरको गोरेटो बाटोबाट करिब ६ सय मिटर तल लडेर खस्दा घटना स्थलमै लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
