
पूर्णपुष्टि, बैशाख १० गते ।
भुल्केमा हिजो कोरोना संक्रमित पुष्टि भएका मध्ये एक जनालाई विराटनगर लैजाने तयारी भईरहेको छ । दुई जनालाई हिजो राती नै विराटनगर लगिएपनि एक जना पुरुषलाई आज पठाउने तयारी भईरहेको जन स्वास्थ्य कायालय उदयपुरले जनाएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना पुष्टि भएका ३ जना मध्ये २ जनालाई गतराती नै विराटनगर लगिएको थियो भने १८ वर्षीय पुरुषलाई अहिले लैजाने तयारी भईरहेको एक सुरक्षा अधिकारीले जनाएको छ ।
कोशी अस्पताल विराटनगरमा स्वाव परिक्षणबाट कोरोना पुष्टि भएका ८ जनालाई हिजो विहानै धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
गत बैसाख ६ गते प्रदेश सरकारले ६९ जनाको स्वाप नमुना संकलन गरेको मध्ये ८ जना ७ र ८ गते नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले संकलन गरेको २ सय ५३ जनाको नमुना स्वाप परिक्षणबाट ३ जनामा कोरोना पुष्टि भएको जनाईएको छ ।
पहिलाको १३ जना र हिजो पुष्टि भएका ११ जना गरी उदयपुरमा मात्रै २४ कोरोना संक्रमित पुष्टि भईसकेको छ । देशभरमा ४२ जना पुगेको छ ।
