
पूणर्पुष्टि, साउन, १०,
भूमि व्यवस्थापन समस्याबारे शनिवार जिल्ला समन्वय समितिको हलमा सरोकारवालाहरु सँग छलफल भएका छन् । बर्षौँ देखि जनताहरुको ठुलो समस्याको रुपमा तगारो बनेको यस विषयलाई तत्काल समधान गर्न जिल्लामा समिति गठन हुने पनि छलफलमा बताइएका छन् । नेपालभरी नै भूमि समस्या मध्यको एक प्रमुख जिल्लाको रुपमा उदयपुर पनि रहेको भन्दै समिति गठन गरी सामाधानको तर्फ लाग्ने छलपलमा कुरा भएको छ ।
यो बिगत देखिनै आयोगले समधान गर्ने भन्दै पटकपटक जनताहरुलाई दुख दिइरहेको उपस्थितिहरुले जनाए । आयोग, सरकार, राजनीतक दल नेताहरुले पटकपटक जनताहरुलाई झुक्याइरहेको उपस्थितिहरुको भनाई छ । हरेक पटक आयोगले समस्याको समधान हुन्छ भन्ने, नेताहरुले आस देखाउँदै भोट माग्ने र सरकार पटकपटक फेरवदलले जनताहरु यो समस्यामा खाली अल्झि रहेको र खर्च गरिरहेको आयोगहरु बताउँछ ।
भुमिको व्यवस्थापन नेपालकै एक ठुलो समस्या हो । भूमि समस्याबारे हरेक पटक आयोग गठन भएपनि यसको समाधान भने कहिल्यै हुन सकेन । यो भन्दा पहिले पनि पटकपटक भूमि व्यवस्थापन समस्याबारे धेरै चोटी आयोग गठन भयो । तर समधान भने भएन अहिले फेरी भूमि सम्बन्धी समस्या समाधन केन्द्रीय आयोग निर्माण भएको छ ।
भुमि समन्धी समस्या समधानका केन्द्रिय समितिका अध्यक्ष देवी ज्ञवाली सहितको टालेली छलफलमा उपस्थित भएका थिए । अध्यक्ष ज्ञवालीले यो पटकपटकको आयोगले जनताहरुलाई दुख मात्र दिएको बताउनुभयो । यसको सबै भन्दा ठुलो समस्या भनेको सरकार फेरवदल रहेको पनि उहाँले बताउनुभयो ।
६ महिना सम्म पनि सरकार नटिक्दा आयोगलाई काम गर्नै समस्या रहेको उहाँले बताउनुभयो । सरकार चलिन्जाल आयोग पनि चल्ने त्यसपछि बन्द हुने समस्या रहेको कारण यो समस्या जिउँको तिउँ रहेको ज्ञवालीको भनाई छ ।
ज्ञवालीले अहिलेको गठन भएको केन्द्रीय समितिले भने जनताहरुको आशालाई पुरा गर्ने प्रतिबद्धता दिनुभयो । यसका लागि सबैले आआफ्नो जिल्ला र स्थानीय तहबाट सहि तथ्याक दिइएर आयोगलाइ सहयोग गर्नु पर्ने उहाँले बताउनु भएको छ ।
