Saturday, June 20News That Matters

भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु

पूर्णपुष्टि, असार १२

सुनसरी ईटहरी १२ खनार सोमबारे चोकमा भेनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा  ईटहरी  ११ की ५६ बर्षीया गंगा ढकाल रहेकी छन् ।

हिजो राती ९ बजे ईटहरीबाट दुहबी तर्फ जादै गरेको को १० च ५५७३ नम्बरको पिकप भेनले पैदल यात्री ढकाललाई ठक्कर दिई गम्भिर घाईते बनाएको थियो । घाईते ढकालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको हो । ठक्कर दिने भेन प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।