Wednesday, June 17News That Matters

भैरहवाको जेल रेष्टुरेण्ट प्रशासनद्धारा बन्द गरियो

पूर्णपुष्टि,माघ १० । रुपन्देहीको भैरहवास्थित देवकोटा चोकमा अवस्थ्ति रहेको जेल रेष्टुरेण्टलाई प्रशासनले बन्ग गरिदिएको छ । रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो फेला परेपछि उक्त रेष्टुरेण्टलाई प्रहरीले बन्द गरेको हो

ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो।

स्थानीय सञ्चार माध्यमबाट उक्त रेष्टुरेण्ट खुलेको जानकारी पाएपछि अनुगमन गर्दा कैफियत देखिएका कारण रेष्टुरेण्ट बन्द गरिएको अर्यालले बताए।

फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। रेष्टुरेण्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए । यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए। यो रेष्टुरेण्ट करिब एक महिना अघिदेखि सञ्चालनमा थियो।