Wednesday, May 6News That Matters

भोजपुरमा अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

भदौ ११ गते ।

भोजपुरको पिखुवा खोलाको पक्कि पुल निर्माणस्थलमा राखिएको एक्जाभेटर अज्ञात समूहले आगजनी गरेको छ । भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पुलको काममा प्रयोगका लागि राखीएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको हो ।

मार्सेली निर्माण सेवाले निर्माण गर्दै गरेको पुलको कामका लागि राखिएको एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उक्त स्थानमा शंकास्पद वस्तु समेत फेला परेकाले नेपाल प्रहरीले सुरक्षा घेरा भित्र राखी नेपाली सेनाको विज्ञ टोली बोलाईएको प्रहरीले जनाएको छ ।

स्थानको पिखुला खोलामा प्रदेश सरकारको ६ करोड ५३ लाख रुपैयाँको लागतमा करीब एक हप्ता अगाडि पुल निर्माण शुरु गरिएको थियो । थप अनुसन्धान भईरहेको र अज्ञात समूहको खोजी कार्य भईरहको प्रहरीले जनाएको छ ।