Wednesday, September 2News That Matters

मंसिर २८ गतेदेखि ए डिभिजन लिग सुरु

भदौ २१ गते ।

आगामी मंसिर २० गतेदेखि शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रेस विज्ञप्ति जारी गर्दै खेलको मिति सार्वजनिक गरको हो ।

आगामी वर्षदेखि स्थायी रुपमै ए डिभिजन लिग नोभेम्बर एक तारिखदेखि सुरु हुने पनि एन्फाले निर्णय गरेको छ । ए डिभिजन लिगमा  गत वर्ष सहभागी भएका सबै १४ टिमले सहभागिता जनाउनेछन् । १४ वटै क्लबले १८–१८ जनाका दरले खेलाडी दर्ता गरिसकेको पनि एन्फाले विज्ञप्तिमा उल्लेख छ ।

यसपालिको लिगमा गत वर्षको ए डिभिजन लिग च्याम्पियन टिम मनाङ मर्स्याङ्दीसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, एपीएफ क्लब, हिमालय शेर्पा क्लब, फेन्ड्स क्लब, च्यासल युथ क्लब, मछिन्द्र क्लब, जावलाखेल क्लब, न्युरोड टिम (एनआरटी) सरस्वती युथ क्लब र ब्रिगेट ब्वाइज क्लब रहेका छन् ।