
उदयपुर, फागुन १७ ।
नगर विकासमा महत्वपूर्ण भूमिका खोल्ने प्रणका साथ उदयपुरको त्रियुगा नगरपालिकाका मधेसी युवाहरुको बृहद भेला कार्यक्रम शनिबार सम्पन्न भएको छ । “एकता, सहिष्णुता र पहिचान ः न्याय प्रगती र आत्मसम्मान” भन्ने मुल नाराका साथ मधेशी युवा समाज उदयपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नगर विकासमा युवाहरुको भूमिका विषयक छलफल तथा अन्तरक्रिया गरिएको कार्यक्रमलाई विशेष वक्ताको रुपमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवीकुमारी चौधरी, समाजवादी पार्टी उदयपुरका अध्यक्ष केशब मगर, राजपाका केन्द्रिय सचिव खेमनारायण यादव, मधेसी समाज उदयपुरका अध्यक्ष सत्यनारायण झा, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, आभासा अभियानका राष्ट्रिय संयोजक नजबुल खान (निलम) ले युवाहरुको भूमिकाको बारेमा धारणा र विचार राखेका थिए । उनीहरुले नगर विकासमा युवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै कार्यक्रमले युवाहरुमा सामाजिक जागरण ल्याएको बताए । अधिकार नपाएको खण्डमा खोसेर पनि लिन सक्नुपर्ने तर अधिकार खोजिरहदा आप्mनो कर्तब्य र दायित्वलाई भुल्न नहुने भन्दै मधेसी युवाहरुले विकासका लागि भूमिका खोज्नु स्वागतयोग्य र प्रशंसनीय काम भएको बताए । उनीहरुले मधेसी युवाहरुले थालेको कामलाई हातमा हात, साथमा साथ मिलाएर सबैले सहयोग र टेवा पुर्याउनु पर्ने धारणा राखेका थिए । मेयर र उपमेयर दुबैले युवाहरुको कदमलाई स्वागत गर्दै सबैले सबै ठाउँ र आ आप्mनो तरिकाबाट पनि नगर विकासमा भूमिका खेल्न सकिने बताए । नगर विकासमा मधेसी युवाहरुको भूमिकाको खाँचो रहेको औल्याउदै युवाहरुले आगामी दिनमा पनि सामाजिक विकासका यस्तै सिर्जनशिल कार्यहरु गर्दै अगाडी बढ्न वक्ताहरुले सुभाएका छन् ।
कार्यक्रमका सहभागिहरुले मधेसी समुदाय र त्यसभित्रका महिलाहरु सामाजिक, आर्थिक, शिक्षा, स्वस्थ्यको हिसावले पिछडिनु परेको गुनासो राख्दै समानता र समानुपातिकका अधिकार सुनिश्चित गर्न माग राखेका थिए । विकास, योजना जस्ता कुरामा पनि निर्धालाई हेपिने, सरकारी कामकाजमा पनि ढिलासुस्ती गरिने प्रबृतिको अन्त्य हुनुपर्ने जोडदार माग राखेका थिए । युवाहरुलाई आप्mनै ठाउँमा का गर्ने अवसर सिर्जना गरिनुपर्ने माग राख्दै उनीहरुले नगर विकासमा भूमिका खेल्ने वातावरण सिर्जना गर्न माग गरेका थिए । मधेसी समुदाय र समुदायका युवाहरुले आप्mनै हिसावले कुनै न कुनै ढंगबाट नगर विकासमा भूमिका खेलिरहेको पनि उनीहरुले बताए ।
नेपाल पिछडावर्ग महासंघ उदयपुरका अध्यक्ष हिरालाल ठाकुर, बुद्धिजिवि एवम् मधेसी समाज उदयपुरका सल्लाहकार बैझनाथ साह, ग्लोबल मधेसी एशोसिएसनका सल्लाहकार डा. रमित गुप्ता, उदयपुर जिल्ला क्रिकेट संघका अध्यक्ष सम्भुप्रसभूाद शर्मा, मधेसी समाज त्रिनपा नंं समितिका अध्यक्ष शिववरण ठाकुर, पत्रकार विश्वराज तामाङको आतिथ्य रहेको थियो ।
कार्यक्रमको अवसरमा तीन विविध क्षेत्रका युवाहरुलाई सम्मानित गरिएको थियो । मधेसी युवा समाजसेवी राजकुमार शर्मा, सफल युवा उद्यमी सुनिल ठाकुर र उदीयमान युवा विनोदप्रसाद गुप्ता रोनियारलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेयर बलदेव चौधरी र उपमेयर देवी चौधरीले कदर पत्र र दोसल्लाले युवाहरुलाई सम्मान गरेका थिए ।
त्यस्तैगरी भेलाले सुरज साहको अध्यक्षतामा १५ सदस्यीय मधेसी युवा समाज उदयपुरको कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष आनन्द भगत र सुक्तान अलि रहेका छन् । सचिवमा अंकितबाबु साह, सहसचिव राजिव यादव र कोषाध्यक्ष मनिका शर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमा रञ्जन गूप्ता, सोनु साह, कृष्ण गुप्ता, किसन मुरारी गुप्ता, सन्दिप साह, प्रेम किशोर ठाकुर रहेका छन् । अन्य तीन जना सदस्य मनोनित गरिने बताइएको छ ।
कार्यक्रम संयोजक चन्दनकुमार साहको अध्यक्षता र राजकुमार शर्माको सञ्चालनमा भएको थियो ।
तस्विरहरू :





