
पूर्णपुष्टि, भदौ १८
मलामीबाट फर्किएर पोखरीमा नुहाउन पस्दा बेपत्ता भएका एक जना पुरुषको शव आज फेला परेको छ । महोत्तरी वडा नंम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालय सुन्दरपुरको पोखरीमा डुबेर बेपत्ता भएका ५० वर्षीय उपेन्द्र बैठाको शव फेला परेको हो ।
बैठा मलामीबाट फर्किएपछि हिजो बेलुका नुहाउने क्रममा पोखरीमा बेपत्ता भएका थिए । हिजो बेलुकादेखि नै स्थानीय र प्रहरीले उनको खोजिगरिरहेका थिए ।
बैठाको शवलाई मुचुल्का गरी पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
