Friday, May 15News That Matters

मलेसियन रिंगिट र कोरियन वन बाहेक अरु मुद्राको भाउ घट्यो

कात्तिक २० गते । 

आज मलेसियन रिंगिट र कोरियन वन भन्दा अरु विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो डलरको खरिददर १ सय १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ५४ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ०४ पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ २० पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा रहेको थियो ।

रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो हिजो खरिददर २७ रुपैयाँ २१ पैसा बिक्रीदर २७ रुपैयाँ ३६ पैसा रहेको थियो  । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३ सय ७३ रुपैयाँ ६८ पैसा रहेको छ । हिजो खरिददर ३ सय ७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ०४ पैसा थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर २ सय ९९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३ सय रुपैयाँ ८३ पैसा रहेको छ । हिजो खरिददर २ सय ९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३ सय १ रुपैयाँ १७ पैसा रहेको थियो ।