
पूर्णपुष्टि, जेठ ४ गते ।
मलेसियामा कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित १३ जना नेपाली उपचारपछि निको भएका छन् । अहिलेसम्म ५५ जना नेपालीमा कोरोना संक्रमण देखिएकोमा १३ जना उपचारपछि निको भएको हो ।
५५ जनामध्ये १३ जना उपचारपछि निको भएपनि बाँकी ४२ जना पनि निको हुने चरणमा रहेको मलेसियाका लागि नेपाली राजदूतसले जनाएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाईएको छ ।
दूतावासले नियमित सेवा सुरु गरेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द गरेको कन्सुलर सेवा अहिले दूतावासले नियमित कन्सुलर सेवा सुरु गरेको छ ।
पासपोर्ट बनाउने, बनेको पासपोर्ट दिने लगायतका काम सुरु भएको छ । मलेसियन सरकारले लकडाउन खुकुलो बनाउँदै उद्योग तथा कार्यालयहरु खुलाएकाले दूतावासले पनि आफ्नो नियमित काम सुरु गरेको जनाएको छ ।
मलेसियामा ६ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये आधी जतिले स्वदेश फर्कन इच्छा देखाएका र बाँकीले आफ्नो अवस्थासहितको विवरण टिपाएका जनाएको छ ।
