
पूर्णपुष्टि, माघ ९
मलेशियाबाट १७ नेपालीका शव शनिवार नेपाल ल्याईने भएको छ । बिभिन्न रोजगारको शिलशिलामा मलेशिया पुगेका नेपाली कामदारको शव शनिवार मलेशियाको क्वालालाम्पुरबाट नेपाल ल्याइने भएको हो ।
शव लिनका लागि नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी जहाज क्वालालाम्पुर पठाउने भएका छन् ।
मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा २५० हाराहारी यात्रु समेत सोही जहाजमा फर्कनेछन् । जहाज आज राती ११ बजे क्वालालाम्पुर उड्ने भएको छ ।
जहाज शनिबार बिहान ८ः४० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने नेपाल नेपाल एयरलाइन्सले १२ जना यात्रु समेत लिएर जानो भएका छन् ।
यसअघि यो रुटमा न्यारोबडी जहाजबाट नियमित उडान भइरहेको थियो । मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिँदा नेपाल ल्याउनु पर्ने शवहरु उतै अड्किएका थिए ।
नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।
