Monday, June 29News That Matters

महिलालाई बलात्कार गर्ने वडासचिव पक्राउ

पुर्णष्टि,असोज १५ 

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा महोत्तरीको एक जना वडासचिव पक्राउ परेको छ ।

भंगहा नगरपालिका–९ का सचिव मिथिलेश यादवलाई हिजो साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यादवले स्थानीय एक जना महिलालाई जबरजस्ती करणी गरेको मौखिक उजुरीको आधारमा तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महिलाले बजारबाट घरतर्फ जाँदै गर्दा मदिरा सेवन गरेका यादवले जबरजस्ती करणी गरेको बयान प्रहरीसमक्ष दिएकी प्रहरीले जनाएको छ ।

महिलाको मेडिकल जाँच गराउने र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।