Sunday, June 28News That Matters

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

पूर्णपुष्टि, चैत १

पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पेरिसडाँडामा भइरहेको बैठकमा सरकारबाट फिर्ता बोलाए पनि नफर्किएका मन्त्रीहरुलाई कारबाही गर्ने बारे छलफल भइरहेको  जनाईएको छ ।

आजको बैठकले सरकारबाट फिर्ता नहुने मन्त्रीहरुलाई कारबाही गर्ने तयारी गरेको छ । हिजो बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापासहितलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

निर्देशन दिए पनि गृहमन्त्री थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणी थापालगायत मन्त्रीहरु फिर्ता नभएको जनाईएको छ ।

केन्द्रीय कमिटी बैठक माओवादीले फिर्ता बोलाएका मन्त्री र केही सांसदलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाउनु भएको छ । माओवादीमा नफर्किने निर्णय गरेकाहरुलाई केही महत्त्वपूर्ण जिम्मेवारीसमेत दिइएको छ ।

माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।