Wednesday, June 3News That Matters

माओवादी केन्द्र त्रियुुगा नगर कमिटि गठबन्धन जिताउन जुर्मुरायो

पूर्णपुष्टि, कार्तिक ३ ।
नेकपा माओवादी केन्द्रको त्रियुगा नगर कमिटिको विस्तारित बैंठक तथा आसन्न निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमले आगामी मंसीर ४ गतेको प्रदेश तथा संघीय निर्वाचनलाई गठबन्धनको पक्षमा जीत हासिँल गर्न छलफल तथा विभिन्न निर्णयहरु गरेको छ ।
पार्टीका केन्द्रीय पोलिटब्यूरो सदस्य तथा उदयपुर इन्चार्ज सुरेशकुुमार राई (हिमाल)को प्रमुख आतिथ्यमा, प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समितिका संयोजक विनोद कटुुवाल (दिवस) को आतिथ्य र नगर कमिटिका अध्यक्ष मानबहादुुर राईको अध्यक्षतामा भएको कार्यक्रमले ११७ सदस्यीय नगरस्तरीय निर्वाचन परिचालन मुल कमिटि गठन गरेको छ । नगर कमिटि अध्यक्ष राईको संयोजकत्वमा नगर समितिका ६५ जना, वडा पार्टी अध्यक्षहरु १६ जना र जनवर्गिय संगठन तथा अन्यबाट ३६ जनाको कमिटि गठन गरेको हो ।
बैंठकले गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजय गराउन र समानुपातिकमा लोकप्रीय मत ल्याउन अहोरात्र खट्ने निर्णय गरेको छ । सोको लागि त्रियुगा नगर कमिटि इन्चार्ज विमल किराँतीको संयोजकत्वमा ९ सदस्यीय चुुनावी कार्यदल गठन गरी जिम्मेवारी दिने निर्णय गरेको छ । नगरका सबैं वडाहरुमा वडा कमिटि अध्यक्षको संयोजकत्वमा वडास्तरीय निर्वाचन परिचालन कमिटि गठन गरी परिचालन गर्ने निर्णय गरेको छ ।
काङ्ग्रेसमा प्रवेश गरेका नगर समितिका सहसचिव कुलबहादुर कटुवाल र सदस्य रणबहादुर विक पदमुक्त गरिएका छन् ।
बैंठकमा दुईसय जना बढि अगुवा कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको थियो । प्रमुख अतिथि हिमालले सहभागिहरु माझ प्रशिक्षाणात्क मन्तब्य राख्दै आसन्न संघ तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन अर्जुुन दृष्टिका साथ लाग्न निर्देशन दिए । उनले निर्वाचनमा कार्यकर्ताको जिम्मेवारी र भुुमिका प्रष्ट्याउदै गठबन्धनको जीत राष्ट्रको आवश्यकता भएको बताए ।
त्यसैगरी जिल्ला समन्वय समिति संयोजक कटुुवालले अगुुवा कार्यकर्ताहरुकाबीच प्रभावकारी कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा नगर नेतृत्वलाई धन्यवाद ज्ञापन गर्दै गठबन्धनको चुुनावी संयन्त्रले तयार पारेको कार्यक्रमलाई कार्यन्वयनमा सबैको ध्यान पुुग्नुुपर्ने बताए ।