
पूर्णपुष्टि, जेष्ठ १०
झापा अर्जुनधारा नगरपालिका–११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर एक जनाको ज्यान गएको छ । स्थानका ३८ वर्षीय धनेन्द्र तामाङको माछा मार्ने क्रममा ज्यान गएको हो ।
आईतबार बेलुका साढे ४ बजे साथीहरुसँग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी विएन्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ ज्यान गएको हो ।
घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसँग गएका साथीहरु सोही स्थानका ३८ वर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ वर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
