Tuesday, June 9News That Matters

माछा मार्ने क्रममा नदीमा खसेर एकको ज्यान गयो

पूर्णपुष्टि, वैशाख ७

संखुवासभामा माछा मार्ने क्रममा नदीमा खसेर एक जनाको ज्यान  गएको छ । मकालु गाउँपालिका–३ एकुवाफेदी का ३० वर्षीय रामजी तामाङको नदिमा खसेर ज्यान गएको हो ।

सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदिमा माछा मार्ने क्रममा तामाङ ढुङगामा चिप्लिएर नदीमा खसी बेपत्ता भएका थिए । प्रहरी र स्थानियबासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ बजे डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुंगाको बिचमा तामाङको शप फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।