Thursday, July 2News That Matters

माटो खन्दा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

पूर्णपुष्टि, चैत १५

सल्यानमा माटो खन्न गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । अर्की एक महिला गम्भिर घाइते भएकी छिन् ।

शिद्धकुमाख गाउँपालिका– २ खर्केडाँडाकी ४५ वर्षीया एैली चलाउने र ३२ वर्षीया पौरी बोहरा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेपछि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेमध्ये चलाउनेको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका प्रहरीले जनाएको छ ।

अर्की गम्भीर घाइते बोहोरालाई श्रीनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शनिबार राति नै बाँके रिफर गरिएको प्रहरीले जनाएको छ ।