
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे बताएका छन्। थापाले नेपाल समूहकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै नमिल्ने बताएका छन्।
उनले लेखेका छन्, “माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे छ, जसकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन! साथमा न पार्टी,न चुनाव चिन्ह,न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाकाे सर्वनाशकाे बाटाे त्यागी संयमित हुन जरूरी छ। नभए विजाेग हाेला है !”
