Friday, May 15News That Matters

मिर्गौला प्रत्यारोपणपछि प्रम ओलीको स्वास्थ्य अवस्था स्थिर

पूर्णपुष्टि, फागुन २१ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सफलता पूर्वकसम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार ओलीको मिर्गाैला प्रत्यारोपण गरिएको हो ।

यो ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हो । १२ वर्ष पहिले भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए । सबै मुख्य सूचकाङ्कहरु राम्रो अवस्थामा रहेको कार्यकारी निर्देशक डा. खड्गाले बताए । प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न सुरु गरिसकेकाले उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको उनले बताए ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो । त्यस्तै मिर्गाैला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागिता थियो ।

एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको छ ।

ओलीलाई मिर्गाैला दान गर्ने भान्जी समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।