Saturday, June 6News That Matters

मिस नेपाल २०२३ को आवेदन खुला, सातै प्रदेशमा अडिसन हुने

पूर्णपुष्टि,माघ २० । मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो । 

प्रतियोगितामा सहभागी हुन योग्यता पुगेका इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्। यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन विधामा मुख्य विजेता घोषणा गर्ने आयोजकले जनाएको छ।

नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ। प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसनगर्ने र स्थानीय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरेको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । काठमाडौं अडिसन आगामी चैत ४ गते हुनेछ। इटहरी, वीरगञ्ज पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायतमा क्षेत्रीय अडिसन मार्च १५, २०२३ भित्रै हुनेअध्यक्ष राजकर्णिकारले जानकारी दिए।

गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले मनिला, फिलिपिन्समा मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएकी थिइन्। सरिशाले बेस्ट इको भिडियो ९एसिया० जित्न सफल भइन्। यस्तै मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल २०२२ मा सहभागी भएकी थिइन्।

त्यस्तै मिस नेपाल वल्ड प्रियंका रानी जोशी मिस वर्ल्ड २०२३ मा सहभागी हुने तयारीमा छिन्। प्रतियोगिताको ग्रान्ड फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ।