
आशिष वस्नेत
२१ फागुन , शुक्रबार
अब मुटुरोगकको सफल उपचार कटारी बटै हुने भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखा प्रमुख मुटुरोग विभागका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर राजेशकुमार साहले कटारीबाट पनि उपचार सेवा प्रदान गर्ने भएको छ ।
साहाले कटारी मोडल हेल्थ केयर प्रालिबाट सेवा दिने हुनुभएको हो । केयर प्रालिले आज शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै कटारी बाट पनि मुटु रोगको सफल उपचार हुने कुरामा ढुक्क गराउनुभयो ।
प्रालिका प्रमुख डाक्टर गणेशलाल दासले कटारीबाट मुटुरोगीहरुलाई सहज उपचार गराउने व्यवस्थाका लागि डाक्टर साहले कटारीबाट उपचार गराउने व्यवस्था मिलाएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै डा. साहले विरामीहरुलाई काठमाडौं जान आउन गाह्रो हुने भएकाले सरकारले प्रदेशमा पनि शाखा स्थापना गरेको थियो । प्रदेशको रुपमा जनकपुर शाखाबाट उपचार गरिरहेको अवस्थामा विरामीहरुको औषधि र रेखदेख अवस्था बुझेर परामर्श दिन पनि सहज होस भन्ने उद्येश्यले कटारीबाट पनि उपचार सुरु गरेको बताउनुभयो ।
बिषेशगरी यस क्षेत्रका रोगीहरुलाई सेवा दिन बिरामीहरुलाई कटारीमै उपचार गराउँदा राहत मिल्ने पनि भन्दै कटारी बाट सेवा संञ्चालन गर्ने साहाले बताउनुभयो । अस्पतालले मुटुको भल्व फेर्ने र अन्य उपचारहरु यहिँ बाट गर्ने अन्यत्र जानु नपर्ने पनि डाक्टर साहले बताउनुभयो ।
प्रालिका डाक्टर हाडजोर्नी विशेषज्ञ नागेस्वर प्रसाद साह कटारीमा सवै मिलेर अघि बढे राम्रो अस्पत्ताल बन्न सक्ने बताउनुभयो ।
