
पूर्णपुष्टि/उदयपुर, चैत्र, १७
रौतामाई गाउँपालिका वडा नं ७ मुर्कुचीमा आज १ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रौतामाई गाउँपालिका वडा नं १ माझखर्कका १ जनालाई क्वारेन्टाइनमा राखिएको हो । उनि भारतबाट १० दिन अगाडी मात्र नेपाल आएको थियो ।
उनलाई ज्वरो नभएको भएता पनि हल्का रुघा मर्गीको लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाका प्रखुख प्रशासकीय अधिकृत खम्बराज राइले जानकारी दिनुभयो । उनी बिरामी छ भन्ने खबर सुनेपछि पालिकाको पहलमा क्वारेन्टनइनमा ल्याइएको कधिकृत राइले बताउनुभयो ।
पालिकाले बाहिर बाट आउने मानिसहरुलाई बिषेश निगरानी र उच्चसतर्कता तयारीको लागि वडा नं ७ मुर्कुचीको स्वास्थ्य चौकी र वडा नं २ मा २१ बेड सहितको क्वारेन्टाइन निर्माण गरिसकेको जनाएको छ । पालिकाको ६ नं वडा मा पनि १० बेड सहितको क्वारेन्टाइन निर्माण भइरहेको जनाइएको छ ।
क्वारेन्टाइनलाई थप व्यवस्थित पार्दै लैजाने र उच्च सतर्कताका क्रियाकलापहरु प्रभावकारी ढगले गर्दै लगिने पालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो ।
