
पूर्णपुष्टि, बैशाख ११
उदयपुरमा जनगणना सचेतना धमाधम सुरु भएको छ । यसै क्रममा रौतामाईको मुकृर्चिमा पालिका स्तरीय जनगणना सचेतना गोष्टी शनिवार गरिएको छ । स्थानीय जनगणना कार्यालयको कार्यक्षेत्र भित्र ३ पालिका रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका र लिम्चुङबुङ गाउँपालिका पर्दछ । कार्यक्रममा ३ ओटै पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकिय अधिकृतहरुको भेला सहित गोष्टी गरिएको स्थानीय जनगणना अधिकारी मुकुर्चिका रामबहादुर राईले बताउनुभयो ।
राष्ट्रिय जनगणना २०७८ को अवधारणा, जनगणनाको महत्वबारे जानकारी आदान प्रदान प्रचार प्रसारको पैरवी तथा सहजिकरण गर्ने भन्दै कार्यक्रमको आयोजना गरिएको राईले बताउनभुयो ।
पालिकाहरु र अन्य क्षेत्रहरु सँग अब हुदै गरेको जनगणनाको बिभिन्न बिषयमा आधारित रहेर छलफल गरिएको छ । आगामी जनगणनाको स्थलगत तथ्यांक संकलनको गुणस्तर अभिवृद्वी, स्थानीय तहका सरोकारवालाहरुको साथ सहयोगको सुनिस्चित गर्ने र राष्ट्रीय जनगणना–२०७८ को निर्देशित कार्यतालिका बारे जानकारी सम्बन्धि छलफल भएको हो ।
पालिका बाहेक अन्य सम्बन्धित क्षेत्रहरु उद्योग बाणिज्य माहासंघ मुकुर्चि, महिला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु संञ्चारकर्मी, सुरक्षाकर्मी, सरकारी कार्यालयका कर्मचारीहरु लगायतको उपस्थितिमा गोष्टी सम्पन्न भएको अधिकारी राईले बताउनुभयो ।
स्थानीय जनगणना कार्यालय मुर्कुचीको आयोजना र जिल्ला जनगणना कार्यालय गाईघाटको समन्वयमा कार्यक्रम गरिएको हो ।

