मुल्य र रोगको कारण व्यावसाय घट्दै

पूर्णपुष्टि सम्वाददाता
ताप्लि/मंसिर १७ गते । 

उदयपुरमा अलैचिको मुल्य घटेपछि व्यावसायीक अलैची खेति घट्न थालेको छ । ताप्ली गाउँपालिकाको ओख्ले, लेखगाउँ, ईनामेको माथिल्लो भेगमा लगाईएको अलैची मूल्य र किराको काराण खेती घट्न थालेको हो ।

पहाडको सयौँ रोपनी जग्गामा लगाईएका अलैचीले मुल्य नपाएको र किराको प्रकोपकै कारण खेती परिवर्नत गर्न थालेको कृषकहरुले बताएका छन् । पहिलादेखि नै मसलाको रुपमा केहि प्रयोग गर्दै आएको अलैची विक्रि वितरण हुन थालेपछि कृषकहरु अलैची खेतीमा होमीएको थियो ।

अलैचीले राम्रो मुल्य पाएपछि व्यावसायकी रुपमा खेती गर्न होमीएका कृषकहरुले उत्पादन गरेको अलैचीले करिब ३ वर्षदेखि अलैचीको मुल्य घटेर ५ सयमा झरेको र किराले बगान नै सखाप पारेपछि खेती परिवर्तन गर्न बाध्य भएको अलैची कृषक पूर्णबहादुर तामाङले बताए ।

विगत तीन वर्ष पहिला अलैची केजीको २५ सयसम्मले विक्रि वितरण भएको कृषक तामाङले बताए । अलैचीमा डढुवा रोग लाग्ने बोट मर्ने र रोगबाट बचेका अलैचीमा पनि फुल्ने सिजनमा किराले फुल खाईदिने समस्याले खेती मास्न बाध्य भएको उनले बताए । अलैचीको मुल्य घटेका वषौँ वित्दा र रोग लाग्दासमेत सरकारले कुनै ध्यान नदिएको गनासो गरेका छन् ।

धारा, खोल्सा छेउछाउ खानको लागि रोप्ने अलैचीले राम्रो भाउ पाएपछि धान खाने खेतसमेत मासेर अलैची खेती गरेको भएपनि मुल्य र रोगले गर्दा गलाको पासो भएको कृषक दलबहादुर मगरले बताए । मगरले भने ‘राम्रो विक्रि वितरण भएपछि व्यावसायीक अलैची खेती गर्ने मनसाय बनाएर गाउँका केहि व्यक्तिहरुले जग्गा भाडामा लिएर खेती लगायो । तर अहिले निल्नु न ओकल्नु भयो ।’

अलैचीको भाउ बढ्ने आशमा कृषकहरुको साश जाने बेला भएको छ । रोगले बगान नष्ट पा¥यो कुनै औषधील पनि काम नगरेको कृषक मगरले बताए । रोगबाट बचाएर उत्पादन गरेको अलैचीको मुल्य पहिलाको भन्दा पाँच गुणा कम भएपछि खेत बारीमा लगाएको अलैची मासेर खाद्य बाली लगाउन थालेको उनले बताए ।

जिल्लाको पहाडी भेगमा गोल्साई र रामसाई प्रजातिको अलैची हुने भएपनि बढी रामसाई प्रजातीको अलैची कृषकहरुले लागएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0