Saturday, April 18News That Matters

मुस्लिम धर्मलम्बिको बकर इद मनाउँदै

साउन २७ गते ।

मुस्लिम धर्माबलम्बीहरुको चाड बकर इद मनाउदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउदै हो ।

३ दिनसम्म मनाइने ‘इद–उल–जुहा’ भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । हिजरी संवत् १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगले जनाएको छ ।

बकर ईदको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । बिहानै मस्जिदहरुमा भीड लाग्न थालेको छन् । नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने गरिन्छ । बकर इदका अवसरमा संघीय सरकारले ०७४ सम्म सार्वजनिक छुट्टी दिँदै आए पनि २ वर्षदेखि कटौती भएको छ । तर २ र ५ न. प्रदेशले प्रदेशस्तरीय निर्णय गरेर आज सार्वजनिक बिदा दिएको छ ।

१ न. प्रदेशको विराटनगर महानगरपालिकाले पनि सार्वजनिक छुट्टी दिएको छ । पालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै बिदा दिने जनाएको हो ।